भुटानी शरणार्थी प्रकरणको उजुरी प्रेस काउन्सिलमा
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले योहो टेलिभिजनबाट प्रसारित समाचार सामग्रीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिलमा उजुरी दिएको छ ।
गत वैशाख २८ गते योहो टेलिभिजनबाट ‘शरणार्थी प्रकरणः ओली–देउवा दम्पत्तिकै नाम मुछियो, गृहमन्त्रीको निर्देशन, एसएसपी कार्की गम्भीर तयारीमा’ शीर्षकको समाचार प्रसारण भएको थियो ।
सो समाचारप्रति असन्तुष्टि जनाउँदै युवा संघका अध्यक्ष क्षितिज थेवेले बिना तथ्य प्रमाण एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी श्रीमती राधिका शाक्यको नक्कली भुटानी शरणार्थी प्रकरणमा चरित्र हत्या गर्ने गरी झुटो समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी दिएका हुन् ।
टिप्पणीहरू