रेशम चौधरी जेलमै बस्नुपर्ने, यसअघिको जन्मकैद फैसला सदर

रेशम चौधरी जेलमै बस्नुपर्ने, यसअघिको जन्मकैद फैसला सदर

नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशम चौधरी जेलबाट बाहिर नआउने भएका छन् । टीकापुर हत्याकाण्डमा जन्मकैदको सजाय खेपिरहेका उनलाई सर्वोच्च अदालतले सफाइ दिन अस्वीकार गरेको छ । 

जन्मकैदको फैसलाविरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले यसअघि जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सदर गरिदिएको छ । सर्वोच्चका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र नहकूल सुवेदीको संयुक्त इजलासले उनलाई सफाइ नदिने फैसला सुनाएको हो । 

टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय गरेको थियो । त्यसपछि उच्च अदालतमा पुनरावेदन गएका चौधरीको मुद्दामा जिल्ला अदालतकै फैसला सदर भएको थियो ।

उनीविरुद्ध २०७२ भदौ ७ गतेको थारुहट आन्दोलनमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ जना सुरक्षाकर्मी हत्यामा संलग्न रहेको आरोप छ ।

टिप्पणीहरू