विद्यालय वरपर शैक्षिक सामग्री बेच्न नपाइने

विद्यालय वरपर शैक्षिक सामग्री बेच्न नपाइने

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री वितरण नगर्न निर्देशन दिएको छ । 

केन्द्रले मुलुकभर सञ्चालित सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्री वितरण गरेको व्यापक गुनासो आएकाले आगामी दिनमा यस्तो कार्य नगर्न केन्द्रले भनेको छ । 

परिपत्रमा भनिएको छ, ‘विद्यालय हाताबाट व्यावसायिक रुपमा कुनै पनि शैक्षिक सामग्री बिक्री वितरण गर्न नहुने व्यवस्था शिक्षा नियमावली २०५९ को नियम ३७ मा छ । कतिपय विद्यालयहरुले व्यावसायिक रुपमा विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण गरेको भन्ने गुनासोहरु आएकाले आगामी दिनमा विद्यालयहरुले विद्यालय हाताबाट शैक्षिक सामग्री बिक्रीवितरण नगर्न नगराउन निर्देशानुसार अनुरोध छ ।’

टिप्पणीहरू