लामो दूरीको गाडी भाडा घट्यो (सूचीसहित)
यातायात व्यवस्था विभागले लामो दूरीका सार्वजनिक यातायातको भाडा घटाएको छ ।
नेपाल आयल निगमले डिजेल प्रतिलिटर १० रुपैयाँका दरले घटाएसँगै विभागले यात्रुवाहक र मालवाहक गाडीको भाडा समायोजन गरेको हो । इन्धनको मूल्य ५ प्रतिशतमाथि घटबढ भएपछि गाडी भाडा पनि समायोजन गर्ने गरिन्छ ।
आज सूचना प्रकाशित गर्दै विभागले घटेको मूल्य आजैदेखि नै लागू भएको जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारी साधनको भाडा ३.२० प्रतिशतले घटाइएको छ ।
त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ४.१९ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ४.६५ प्रतिशतले घाडा घटेको विभागले जानकारी दिएको छ ।
टिप्पणीहरू