कर्मचारी भर्ना गर्दै सञ्चय कोष

कर्मचारी भर्ना गर्दै सञ्चय कोष

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सूचना निकालेर सञ्जय कोषले स्थायी पदपूर्तिका लागि कर्मचारी मागेको हो । 

सूचनामा आठौं तहदेखि पाँचौं तहसम्म रिक्त रहेका विभिन्न पदका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्ने उल्लेख छ । 

दोब्बर दस्तुर तिरेर थप सात दिनसम्म आवेदन दिन सकिने जानकारी गराउँदै कोषले अनलाइनमार्फत आवेदन दिन भनेको छ ।

टिप्पणीहरू