बैठक चल्दाचल्दै बालुवाटारबाट बाहिरिएकी रञ्जिता सोझै डिल्लीबजार कारागार

बैठक चल्दाचल्दै बालुवाटारबाट बाहिरिएकी रञ्जिता सोझै डिल्लीबजार कारागार

बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकको बीचमै बाहिरिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पार्टीका संरक्षकसमेत रहेका श्रीमान् रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगेकी छन् । 

बालुवाटारमा बैठक चलिरहेकै बेला जरुरी काम परेको भन्दै निस्किएकी भूमि सुधार मन्त्रीसमेत रहेकी श्रेष्ठ पार्टीको अनौपचारिक बैठकका लागि कारागार गएको बताइएको छ । 

हिजो सर्वोच्च अदालतले जिल्ला र उच्चको फैसला सदर गर्दै रेशम चौधरीलाई जेल राख्ने फैसला गरेको थियो । त्यही विषयमा छलफल गर्नका लागि रेशमले कारागारमै बैठक बोलाएका थिए ।

टिप्पणीहरू