१८ वर्षीया किशोरी बलात्कृत, २१ वर्षे युवा पक्राउ
महोत्तरीमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
सम्सी गाउँपालिका वडा नं. ४ भेटपुर टोलका २१ वर्षीय रामनगिना राउत बरैलाई बलात्कार अभियोगमा प्रहरीले गएराती समातेको हो ।
बरैले ती किशोरीलाई करणी गरेको भन्ने जाहेरीका आधारमा प्रहरी चौकी गैडाभेटपुरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू