संसदमा वामपन्थीहरुलाई चुनौती : खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो होइन भन्ने प्रमाणित गर्न सक्नुहुन्छ ?

संसदमा वामपन्थीहरुलाई चुनौती : खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो होइन भन्ने प्रमाणित गर्न सक्नुहुन्छ ?

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भ्रष्टाचारविरुद्ध कडा कानुन तर्जुमाको माग गरेका छन् । मुलुककै शीर निहुर्याउने गरि भएको शरणार्थी प्रकरणमा राजनीतिक तथा प्रशासनिक नेतृत्वको संलग्नता खुलासा भैरहँदा काँग्रेस नेता महरले भ्रष्टाचार नियन्त्रणका लागि अविलम्ब कठोर कानुन तर्जुमाको माग गरेका हुन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले मुलुकमा भ्रष्टाचारका डरलाग्दा घटना बाहिरिइरहेकाले संसदबाट कानुन बनाउन सक्नुपर्ने बताएका छन् । सोही क्रममा उनले संसदको गरिमा र मर्यादाबारे प्रष्ट पार्ने उद्देयले कम्युनिष्ट पार्टीका सांसदहरुप्रति एउटा प्रश्न तेर्साएका हुन् । 

कम्युनिस्ट नेता भ्लादिमिर लेलिनको ‘संसद खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो’ भन्ने उक्ति सत्य होइन भनेर प्रमाणित गर्न भ्रष्टाचारविरुद्धको आवश्यक कठोर कानुन चालु संसदबाट निर्माण गर्ने हिम्मत सांसदहरूले राख्नुपर्ने उनको भनाइ छ । महरले सामाजिक सञ्जालमा ‘सांसदज्युहरूलाई चुनौतीपूर्ण अनुरोध,’ लेखेका छन् । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै नेपाली नागरिकबाट करोडौं असुली गरेको प्रकरणको अनुसन्धान प्रक्रिया अघि बढिरहेको समयमा महरको यस्तो भनाइ आएको हो ।
 

टिप्पणीहरू