प्रधानमन्त्री र गृहमन्त्रीबीच छुट्टै भेटवार्ता

प्रधानमन्त्री र गृहमन्त्रीबीच छुट्टै भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

उहाँहरुबीच आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको बताइएको छ ।प्रधानमन्त्री भेट्न गृहमन्त्री श्रेष्ठ बिहान सवा ८ बजेको समयमा बालुवाटार पुग्नुभएको थियो । त्यहाँबाट उहाँ सवा ९ बजे बाहिरिनुभएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरण छानबिनको क्रममा धमाधम थप आरोपितहरुसमेत पक्राउ परेको सन्दर्भमा उहाँहरुबीच आज बिहान भेट भएको छ । हिजो भुटानी शरणार्थी नेता तथा मानवअधिकारीवादी टेकनाथ रिजाल पक्राउ परेका छन् । हिजै दिउँसो नेपाल हज कमिटीका अध्यक्ष समशेर मियाँ सिंहदरबारमा पक्राउ परेका थिए । 

यसअघि पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिव र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकारलगायत १४ जना पक्राउ परिसकेका छन् ।

टिप्पणीहरू