मन्त्रीमण्डल विस्तार : सुदूरपश्चिममा आजै, लुम्बिनीमा भोलि
सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच भागबन्डा मिलेपछि सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुने भएको छ ।
जसअनुसार माओवादी केन्द्रले तीन जना मन्त्रीको नाम सिफारिस गरेको छ । रमेशसिंह धामीलाई वन तथा वातावरण मन्त्रालय, झपटबहादुर साउद सामाजिक विकास मन्त्रालय र गीतादेवी माललाई सोही मन्त्रालयको राज्यमन्त्रीमा सिफारिस गरिएको छ ।
उता लुम्बिनी प्रदेशमा पनि सत्ता गठबन्धनबीच मन्त्रीमण्डल विस्तारको सहमति भएको छ । त्यहाँ भ्याएसम्म आज र नभ्याए भोलि मन्त्रीमण्डल विस्तार गरिने जनाइएको छ । यसअघि माओवादीका धनबहादुर मास्कीलाई आर्थिक मामिल मन्त्रालयको जिम्मेवारी दिइएको थियो । दुई जना मन्त्री आजसम्म विनाविभागीय छन् ।
टिप्पणीहरू