यी हुन् आज चीन भ्रमणमा गएका माओवादी कमरेडहरु

यी हुन् आज चीन भ्रमणमा गएका माओवादी कमरेडहरु

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरूको एउटा टोली चीन भ्रमणमा निस्किएको छ । उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागि आज सो पार्टीका उच्च तहका चार जना नेतासहित २० सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटा नेतृत्वको टोली आज दिउँसो पौने १ बजे एअर चाइनाको उडानमा चीनको छन्तुतर्फ उडेको बताइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टीस्तरीय अनुभव आदान–प्रदानका लागि भ्रमण भएको हो ।

भ्रमण दलमा सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश साह र डिलाराम आचार्य छन् । त्यस्तै, भ्रमण दलका सदस्यहरुमा लक्ष्मीकन्या बूढ शाही, आशमान रोका, प्रकाश श्रेष्ठ, टेकेन्द्रप्रसाद भाट, जीपी मैनाली, सुदर्शन बराल, कुबेरबहादुर वली, मनहरि शर्मा, केशवबहादुर नेपाल, परशुराम रम्तेल, हर्कबहादुर नेम्वाङ, सुवोधराज शेर्पाली, दीवाकर पिया, शम्भुप्रसाद अधिकारी, आङदावा शेर्पा र गीताकुमारी कँडेल चौलागाईं रहेको बताइएको छ । 

केही समयअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको पनि यस्तै जम्बो टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

टिप्पणीहरू