आइएमई पेको नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’

आइएमई पेको नयाँ अफर ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’

आइएमई पेले आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ । बिगमार्ट चितवनसँगको समझदारीमा आइएमई पेले ‘ह्याप्पी शपिङ याट् बिगमार्ट’ नामक अफर सार्वजनिक गरेको हो । 

सो अफरअन्तर्गत आइएमई पेको स्मार्ट क्युआरमार्फत बिगमार्टमा भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध हुने कम्पनीले जनाएको छ । 

जेठ महिनाभर उपलब्ध हुने यस अफरमा बिगमार्टमा ग्राहकले सामान खरिद गर्दा प्रत्येक कारोबारमा सय रुपैयाँसम्म छुट पाउनुका साथै अफर अवधिभर पाँच पटक प्रयोग गर्न सकिने बताइएको छ । 

त्यस्तै, अफरको दोश्रो चरण असार १ गतेदेखि साउन ३२ गतेसम्म रहनेछ । सो अवधिमा आइएमई पेले बिगमार्टमा राखिने एक्टिभेसन बुथमा कम्पनीको खाता सुचारु गर्नुका साथै ग्राहकलाई विभिन्न किसिमका गेम खेलाउने वा आकर्षक उपहार प्रदान गर्ने छ । 

‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् ।

टिप्पणीहरू