बनेपामा संगठित अवैध यौनधन्दा : होटल सञ्चालकसहित कर्मचारी पक्राउ, किशोरीहरुकाे उद्धार

बनेपामा संगठित अवैध यौनधन्दा : होटल सञ्चालकसहित कर्मचारी पक्राउ, किशोरीहरुकाे उद्धार

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १० पुलबजारस्थित तेमाल गेष्ट हाउस एण्ड खाजा घरमा अवैध यौनधन्दा गराएको आरोपमा कर्मचारीसहित सञ्चालक पक्राउ परेका छन् । मकवानपुरको बागमती गाउँपालिका ७ का ४२ वर्षीय लालमान तितुङ र काभ्रेको चौरीदेउराली गाउँपालिका लामाटोलका २० वर्षीय श्याम लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लालमान तेमाल गेष्ट हाउस एण्ड खाजा घरका सञ्चालक हुन् भने श्याम कर्मचारी हुन् । उनीहरुले अवैध यौनधन्दा चलाएको सूचनापछि  जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

सोक्रममा होटल सञ्चालक र कर्मचारीले ललाई फकाई, आर्थिक प्रलोभनमा पारेर किशोरीहरुलाई ग्राहकहरुसँग शारिरिक सम्बन्ध राख्न बाध्य पार्ने गरेको खुलेको छ । होटलबाट पाँच जना बालिका र किशोरीको उद्धार गरिएको छ ।

पक्राउ परेका तितुङ र लामालाई मानव बेचबिखन तथा ओसरपसार (नियन्त्रण) ऐन, २०६४ बमोजिम जिल्ला अदालत धुलिखेलबाट सात दिनको म्याद थप गराएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू