सिन्धुपाल्चोकमा पुरुषले गरे घरको धुरीमा झुण्डिएर आत्महत्या
सिन्धुपाल्चोकमा एक जना पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । इन्द्रावती गाउँपालिका ९, कमलडाँडाका ३१ वर्षे सुमन मैनाली आज बिहान घरको धुरीको बलोमा नाइलनको डोरीले पासो लगाएको अवस्थामा फेला परेका हुन् ।
बिहान ९ बजेको समयमा घरमा कोही पनि नभएको मौकामा सुमन झुण्डिएको बताइएको छ । प्रहरी निरीक्षक नवराज सापकोटाको कमाण्डमा छ जनाको टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको थियो ।
उनी झुण्डिनुको कारण नखुले पनि डिप्रेसनको औषधि सेवन गर्दै आएको परिवारले जनाएको छ । परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
टिप्पणीहरू