आफ्नै शरीरमा पेट्रोल छर्केर आगो झोसेकी प्रहरी हवल्दारकी श्रीमती बितिन्

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो झोसेकी प्रहरी हवल्दारकी श्रीमती बितिन्

आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी नेपाल प्रहरीका एक जना हवल्दारकी श्रीमतीको निधन भएको छ । हिजो दिउँसो काठमाडौंको मच्छेगाउँस्थित कोठामा ३६ वर्षीया शान्ति श्रेष्ठले शरीरमा आगो लगाएको बताइन्छ । 

रामेछाप घर भई हाल चन्द्रागिरि नगरपालिका ९, मच्छेगाउँस्थित मनोज श्रेष्ठको घरमा भाडामा बस्दै आएका प्रहरी प्रभाग मच्छेगाउँमा कार्यरत प्रहरी हवल्दार मोहनकुमार श्रेष्ठले आत्मदाह गरेकी हुन् । हिजो दिउँसो शरीरमा आगो लगाएपछि घाइते शान्तिको आज बिहान साढे ३ बजे कीर्तिपुर बर्न अस्पतालमा निधन भएको बताइएको छ ।

शान्तिको आत्मदाहको कारण पारिवारिक बेमेललगायत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

टिप्पणीहरू