हेटौँडाबाट झन्डै एक क्विन्टल गाँजा बरामद, तीन जना भारतीय पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
प्रहरीका अनुसार बीआर ०१ बीएन १५१८ नम्बरको भारतीय कार चेकजाँच गर्दा ९२ किलो गाँजा फेला परेको हो । प्रहरीले कारमा रहेका तीन भारतीय नागरिकलाई पनि गाँजासँगै नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीका आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज बिहान उनीहरुलाई हेटौंडाको चौकीटोलस्थित सडकबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जनामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू