माधव नेपालले आज मदनको नाममा पुरस्कार बाँड्ने
मदन-आश्रित स्मृति दिवसको छेको पारेर नेकपा एकीकृत समाजवादीको भातृ संगठन युवा संघ नेपाल र पिपुल भोलेन्टियर्सले आयोजना गरेको फुटबल प्रतियोगिताको आज समापन गरिने भएको छ ।
काठमाडौँको मनमैजुमा एक समारोहवीच प्रतियोगिताको समापनसहित विजेतालाई पुरस्कार वितरण गर्ने कार्यक्रम छ । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधवकुमार नेपालले पुरस्कार वितरण गर्नुहुने पिपुल्स भोलेन्टियर्स केन्द्रीय विभागले जनाएको छ ।
प्रतियोगिताको प्रथम, द्दितीय र तृतीय टीमले क्रमश: तीन लाख,दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै,सिल्ड,ट्रफी र प्रमाणपत्रसहित विजेता खेलाडीलाई सम्मान गर्ने कार्यक्रम रहेको बुझिएको छ ।
टिप्पणीहरू