एमसीसी टोली चौथो दिन पनि भेटवार्तामा व्यस्त
अमेरिकी सहयोग परियोजना एमसीसीका प्रशान्त क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग भेटवार्ता गरेको छ । चार सदस्यीय टोलीले बिहान ११ बजेदेखि मन्त्री ज्वालासँग सिंहदरबारस्थित मन्त्रालयमा झण्डै एक घण्टा कुराकानी गरेको बताइएको छ ।
आजको भेटवार्तामा पनि नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको उपस्थिति थियो । टोलीले शनिबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गरेको थियो ।
आइतबार टोलीमा रहेका अमेरकी डिपार्टमेण्ट अफ ट्रेजरी (अर्थ मन्त्रालय) का सदस्यले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको बताइएको छ ।
हिजो भने एमसीसी प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महत र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसँग सिंहदरबार पुगेर भेटवार्ता गरेको हो ।
टिप्पणीहरू