क्याबिनेट बैठक सकाएर नागरिकता बिधेयकनिम्ति प्रधानमन्त्री शीतल निवास जाने
आज बिहान मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,सिंहदरबारमा बिहान साढे ८ बजे डाकिएको बैठकपछि प्रधानमन्त्री पौने १० बजे राष्ट्रपतिको कार्यालय शीतल निवास जाने कार्यक्रम छ । आज बिहान १० बजे हिजो नियुक्त एक जना मन्त्री र एक जना राज्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम छ ।
प्रधानमन्त्रीले हिजो जसपाका सांसद वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरणमन्त्री र प्रमिला कुमारीलाई शिक्षा,विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्तिको निम्ति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । अघिल्लो रास्ट्रपतिले रोकेको नागरिकता बिधेयक अहिलेका रास्ट्रपतिबाट जारी गराउन क्याबिनेटले अहिले फेरि अर्को निर्णय गर्न लागेको बुझिन्छ ।
टिप्पणीहरू