नेपालमा सितिमिति नभेटिने एमाले सांसद फेरि टर्कीतिर

नेपालमा सितिमिति नभेटिने एमाले सांसद फेरि टर्कीतिर

एमाले सभासद तथा कृश्चियन धर्म प्रवर्तक नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल टर्की गएका छन् । बिहान पौने ९ बजे टर्किस एअरलाइन्सको उडान नम्बर टीके ७२७ बाट उनी इस्तानबुलतर्फ लागेका हुन् ।

स्वदेशभन्दा आकाश र विदेशमा धेरै समय बिताउने गरेका ढकाल पछिल्लो पटक गत बुधवार मात्र थाई स्माइल एयरलाइन्सको उडान नम्बर डब्लुई ३१९ बाट काठमाडौं आएका थिए । 

उनी वैशाख मसान्तका दिन दिउँसो थाइल्याण्डको राजधानी बैंकक हुँदै कोरिया गएका थिए । त्यसको एक साताअघि हङकङ हुँदै सिओलबाट राति १० बजे स्वदेश फर्केर साढे १२ बजे सोही विमानमा हङकङलाई ट्रान्जिट बनाई पुनः कोरिया गए । 

"यी सबै यात्रा धर्म र पैसासङ्ग सम्बन्धित रहेको श्रोत बताउँछ किनकि यसनिम्ति उनलाई सँसद र पार्टी दुबैले खटाएको अभिलेख नै छैन ।"

होलिवाइन उपनामले समेत प्रख्यात ढकाल परिवार दलका अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्यसमेत छन् । फिलिपिन्स ससुराली भएका उनी हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलिया, भारत, फिलिपिन्स नियमित आउजाउ गरिरहन्छन् । अहिले टर्की गएका हुन् ।

वैशाख महिनामा मात्रै उनी भारत,सिंगापुर, कोरिया,हङकङ गएका थिए । त्यसअघि मलेसिया,फिलिपिन्स, अष्ट्रेलिया पुगेको देखिन्छ । यी सबै यात्रा धर्म र पैसासङ्ग सम्बन्धित रहेको श्रोत बताउँछ किनकि यसनिम्ति उनलाई सँसद र पार्टी दुबैले खटाएको अभिलेख नै छैन ।

टिप्पणीहरू