काठमाडौँ एयरपोर्टमा अब बोर्डिङ पास लिन काउन्टरमा कुर्न नपर्ने

काठमाडौँ एयरपोर्टमा अब बोर्डिङ पास लिन काउन्टरमा कुर्न नपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'सेल्फ चेकइन काउन्टर' स्थापना गरिएको छ । विमानस्थल सुधार योजनाअन्तर्गत आजदेखि यो व्यवस्था कार्यान्वयनमा ल्याइएको हो । 

यात्रुले आफ्नो पासपोर्ट आफैँ स्क्यान गरी बोर्डिङ पास लिन सक्ने यो व्यवस्थाको परीक्षण सफल भएसँगै अब नियमित हुनेछ । यात्रुको चेक-इनलाई छिटो छरितो र प्रभावकारी बनाउन छुट्टै क्यू राखि सेल्फ चेकइन किओस्क स्थापना गरिएको विमानस्थल प्रशासनले जानकारी दिएको छ । 

यो व्यवस्था कार्यान्वयनमा आएसँगै अब यात्रु त्यहाँ राखिएको मेसिनमा आफ्नो पासपोर्ट स्क्यान गरेर बोर्डिङ पास र ब्यागेज ट्याग लिन सक्नेछन् । 

मलेसियन एयरलाईन्सले यो प्रणाली लागू गरिसकेको छ । सेल्फ ब्यागेज ड्रप (यात्रु ले तोकिएको तौलको सीमाभित्र रही आफैँ ब्यागेज राख्न सक्ने) काे व्यवस्थापछि अन्य वायुसेवाहरुले पनि आफ्नो सफ्टवेयर  जडान गरी यो व्यवस्था लागू गर्दै जाने जनाइएको छ ।
 

टिप्पणीहरू