१० बजे क्याबिनेट, त्यसपछि प्रधानमन्त्रीको भेटैभेट

१० बजे क्याबिनेट, त्यसपछि प्रधानमन्त्रीको भेटैभेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक प्रधानमन्त्रीको कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बिहान १० बजे बस्ने बताइएको छ ।

त्यसपछि प्रधानमन्त्री दाहालले आगामी भारत भ्रमणबारे छलफल गर्न विज्ञहरुलाई निम्तो दिनुभएको बुझिएको छ । सिंहदरबारमा दिउँसो २ बजे भारत भ्रमणबारे राजनीतिक परामर्शको कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरुलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले बताएको छ ।

त्यसपछि साढे ३ बजे सिंहदरबारमा नै उहाँले भारत भ्रमणबारे अर्को टोलीसँग छलफल गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा पूर्व परराष्ट्र सचिवहरु, भारतका लागि पूर्व नेपाली राजदूतहरु र केही परराष्ट्र मामिला विज्ञलाई बोलाइएको जानकारी दिइएको छ । 

आजै बिहान ८ बजे उहाँले सिंहदरबारमा बसेको लगानी बोर्डको बैठकको अध्यक्षता गर्नुभएको हो ।

टिप्पणीहरू