प्रधानमन्त्री फर्केपछि जुवाडेहरु पक्राउ

प्रधानमन्त्री फर्केपछि जुवाडेहरु पक्राउ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हिजो बिहान काठमाडौंको साँखु पुग्नुभयो । माओवादी निकट प्रेस सेन्टर नेपालको कार्यक्रममा प्रमुख आतिथ्यको निम्ति उहाँ शंक्व रिसोर्ट जानुभएको थियो ।

साँखुमा प्रेस सेन्टरको १९ औं वार्षिक साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवस समारोह आयोजना गर्नुअघि हिजो बिहान पार्टी प्रवक्ता कृष्णबहादुर महराको नेतृत्वमा प्रेस सेन्टरले साँखु बजारमा र्याली निकालेको थियो । 

हिजै अपरान्ह सोही क्षेत्रबाट जुवा खेलिरहेको एउटा समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शंखरापुर नगरपालिका ६ स्थित एउटा खाजाघरमा तास खेलिरहेका पाँच जना पक्राउ परेका हुन् ।

प्रहरीले सुनिल तामाङ, अजय तामाङ, अमृत तामाङ, सत्यमान तामाङ, विक्रम तामाङलाई जुवाको खालबाट समातेको बताएको छ उनीहरुको साथबाट एक बुक तास, २३ हजार नगद पनि बरामद भएको हो । जुवाडे सबैलाई थप अनुसन्धानको निम्ति प्रहरी प्रभाग साँखुमा राखिएको छ ।

टिप्पणीहरू