विवाद चर्केपछि बाउले छोराको नाक काटिदिए

विवाद चर्केपछि बाउले छोराको नाक काटिदिए

 गुल्मीमा बाबुले छोराको नाक काटिदिएका छ्न् । इस्मा गाउँपालिका–३, तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हँसियाले काटिदिएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवनीकिशोर प्रधानका अनुसार गएराति १ बजेको समयमा घरयासी विवादका क्रममा बाबुले हँसियाले छोराको नाक काटेका हुन् । प्रहरी चौकी इस्माबाट पुगेको टोलीले बाबु दिलबहादुरलाई हँसियासहित नियन्त्रणमा लिएको छ । 

घाइते छोरालाई उपचारार्थ गुल्मी अस्पताल पठाइएकोमा त्यहाँबाट थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएको छ । घाइतेका बाबुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । 

मदिरा सेवनका साथै विभिन्न कारणबाट इस्मा गाँउपालिका जिल्लामा सबैभन्दा धेरै अपराधिक घटना हुने स्थानको रुपमा परिचित छ ।

टिप्पणीहरू