क्याबिनेट बैठक र बजेट भाषणअघि राष्ट्रपतिसँग अर्थमन्त्रीको भेट
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को निम्ति मुलुकको आय र खर्चको अनुमानित विवरण प्रस्तुत गरिरहनुभएको छ । उहाँले संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट भाषण गर्नुभएको हो ।
त्यसअघि उहाँले आज मध्यान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको बताइएको छ । उहाँहरुबीच दिउँसो पौने १ बजेदेखि साढे १ बजेसम्म भेटवार्ता भएको हो ।
त्यसपछि उहाँ सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा बसेको क्याबिनेट बैठकमा उपस्थित हुनुभएको थियो । सोही बैठकले पारित गरेको आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुभएको हो ।
टिप्पणीहरू