नागरिकता विधेयक प्रमाणीकरण भएकोमा महन्थ ठाकुर हर्षित
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले नागरिकता विधेयक प्रमाणीकरण हुनुलाई अत्यन्तै सकारात्मक कदम भनेको छ ।
विधेयक प्रमाणीकरणले राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गरेको भन्दै लोसपाले खुसी व्यक्त गरेको हो । आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणीकरण गरेपछि विभिन्न खाले धारणा सार्वजनिक भैरहँदा लोसपा अध्यक्ष महन्थ ठाकुरले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'संघीय संसदका दुबै सदनबाट पारित भएर लामो समयदेखि रोकिएर रहेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हमको काम गर्नेछ र समग्रतामा समेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ ।'
टिप्पणीहरू