आइएमई पेको ‘१४ रुपैयाँमा आइफोन १४’ अफर सार्वजनिक

आइएमई पेको ‘१४ रुपैयाँमा आइफोन १४’ अफर सार्वजनिक

आइएमई पेले ‘रु. १४ मा आइफोन १४’ नामक आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकले आइफोन १४ जित्न सक्नेछन् । 

आजदेखि आगामी असार ३० गतेसम्म चल्ने यो अफरमा ग्राहकले आइएमई पेको ‘रु. १४ मा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्नेछन् । 

साथै, गेम जति पटक पनि रु. १४ रुपैयाँ तिरेर ग्राहकले खेल्न पाउने छन् । यसरी आइफोन जित्ने ग्राहकको आइएमई पेबाट काटिएको रकम फिर्ता नहुने र नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक हप्ताभित्र फिर्ता हुने कम्पनीले जनाएको छ । 

‘आइएमई पे’ आइएमई ग्रुपको डिजिटल वित्तीय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो । यसको मोबाइल वालेटमार्फत सेवाग्राही आफैंले अथवा एजेन्टको प्रयोग गरी विभिन्न किसिमको भुक्तानी कार्य गर्न सक्छन् ।

टिप्पणीहरू