फरार युवक ७ वर्षपछि पक्राउ
सिन्धुपाल्चोकका फरार युवकलाई प्रहरीले ७ वर्षपछि पक्रेको छ । चौतारा साँगाचोकगढी नगरपालिका ६ का ३६ वर्षीय नारायण विक चोरी मुद्दामा फरार भएका थिए ।
जिल्ला अदालत सिन्धुपाल्चोकको २०७३ कात्तिक १ गतेको आदेशले साधारण चोरी मुद्दामा १ महिना कैद र २२ हजार ९ सय सजाय सुनाएपछि उनी फरार भएका थिए ।
प्रहरीका अनुसार विकलाई हिजो चौतारा बजारबाट पक्राउ गरिएको हो । आज फैसला कार्यान्वयनको निम्ति जिल्ला कारागार चौतारा लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
टिप्पणीहरू