किरियापुत्री भवनमा आगलागी : सामान नष्ट, किरियापुत्री सुरक्षित

किरियापुत्री भवनमा आगलागी : सामान नष्ट, किरियापुत्री सुरक्षित

राजधानीको एउटा किरियापुत्री भवनमा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका ८, आनन्द गणेश मन्दिरको दुई तले आनन्दनगर किरियापुत्री भवनमा बिहान ४ बजेको समयमा आगो लागेको बताइएको छ ।

ग्यास लिक भएर लागेको आगोका कारण चिया पसल र पूजा सामाग्री पसल जलेर नष्ट भएको छ । होमबहादुर बस्नेतको चिया पसल र विजय ढुंगानाको पूजा सामाग्री पसलका सबै सामान जलेर खरानी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको दमकलसँगै स्थानीय, प्रहरीको सहयोगमा झण्डै एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो । त्यतिबेला भवनमा दुई जना किरियापुत्री र कुरुवा चार जना थिए । प्रहरीका अनुसार आगलागीमा मानवीय क्षति भएको छैन ।

टिप्पणीहरू