हिजो काठमाडौं आएका रेशम चौधरी आज फेरि भैरहवामा
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी भैरहवा पुगेका छन् । उनी अस्ति राति भैरहवाबाट काठमाडौं आएका हुन् । गत १५ गते बिहान चौधरी काठमाडौंबाट नेपालगञ्ज हुँदै कैलाली गएका थिए ।
आज बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा चौधरी काठमाडौंँबाट भैरहवा पुगेका हुन् । भैरहवा विमानस्थलबाट रेशम वाग्मती प्रदेश ०१–०२५ च ३६५८ नम्बरको गाडीमा शुद्धोधन गाउँपालिका गएको बताइन्छ ।
गत १५ गते गणतन्त्र दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि जेलबाट छुटेका उनी विशेषगरी लुम्बिनी प्रदेशको भ्रमणमा व्यस्त देखिन्छन् । आठ वर्षअघि कैलालीको टीकापुरमा भएको नरसंहारमा चौधरी दोषी देखिएपछि आजन्म कैदको सजाय भोगिरहेका थिए ।
टिप्पणीहरू