केपी ओलीले करका दरमा व्यापारीको अनुहार खोज्ने

केपी ओलीले करका दरमा व्यापारीको अनुहार खोज्ने

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटमा व्यापारीलाई सहयोग पुग्नेगरी करको दायरा निर्धारण गरिएको आरोप लगाउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको सामान्य छलफलमा सहभागी हुँदै उहाँले करका दरहरुमा व्यापारीको अनुहार झल्केको बताउनुभएको हो । सोही कारण सरकारले लिएको आर्थिक वृद्धिदर पूरा नहुने ओलीको दाबी छ । 

हरेक क्षेत्रमा बिचौलियाको प्रवेश भएको बताउँदै ओलीले यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । बजेट निर्माणमा पूर्वनायव सुब्बा रामकृष्ण केसीको सहभागिताबारे दिइएको जवाफमा अर्थमन्त्री डा. प्रकाशशरण महतलाई शंकाको सुविधा रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि करका दरहरुसँग व्यापारीको अनुहार खोजिने बताउनुभयो । 

‘अर्थमन्त्रीज्यूको कसम खाने बानी रहेछ, राम्रो लाग्यो’, ओलीले भनुभयो, ‘उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ । उहाँले भनेको कुरा नै साँचो होस् ।’

टिप्पणीहरू