सात महिनादेखि बेपत्ता कर्मचारीसँग स्पष्टीकरण माग

सात महिनादेखि बेपत्ता कर्मचारीसँग स्पष्टीकरण माग

शहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले जिल्ला आयुक्तको कार्यालय, काठमाडौंमा कार्यरत एक कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । 

कसैलाई जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका वरिष्ठ सहायक पद, पाँचौ तहमा कार्यरत दैलेखको मेहलतोली निवासी नन्दराम रेग्मीलाई प्राधिकरणले स्पष्टीकरण सोधेको हो । 

प्राधिकरणले आज जारी गरेको सूचनामा सात दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ । महिनौंदेखि सम्पर्कविहीन उनलाई चित्तबुझ्दो जवाफसहित उपस्थित हुन निर्देशन दिइएको छ । 

‘तपाईं नन्दराम रेग्मी (वरिष्ठ सहायक पद, पाँचौ तह, प्रशासन सेवा सामान्य प्रशासन समूह, संकेत नम्बर ८०) सम्बन्धित कार्यालयमा पूर्व जानकारी नराई मिति २०७९–७–२८ गतेदेखि हालसम्म अनुपस्थित हुनुभएको हुँदा के कति कारणले अनुपस्थित हुनुभएको हो सोको कारणसहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस प्राधिकरणमा स्पष्टीकरण पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ’, सूचनामा उल्लेख छ ।

टिप्पणीहरू