कक्षा ११ मा भर्ना नलिन महानगरपालिकाको निर्देशन

काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन नभएसम्म कक्षा ११ को विद्यार्थी भर्नाको कुनैपनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ ।
महानगरपालिकाको शिक्षा शाखाले आज महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै एसईईको रिजल्ट नआएसम्म कक्षा ११ मा भर्नाका कुनैपनि प्रक्रिया अघि नबढाउन सुसूचित गराएको हो ।
महानगरपालिकाभित्र सञ्चालित केही शिक्षण संस्थाले कक्षा ११ मा भर्ना खुलाएको भनि सूचना प्रकाशित गरेको उजुरी परेपछि शाखाले ध्यानाकर्षण भएको बताएको छ ।
पत्रमा भनिएको छ, ‘काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा ११ मा भर्ना सूचना प्रकाशन गरेको भन्ने उजुरीका सम्बन्धमा यस विभागको ध्यानाकर्षण भएको छ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा प्रकाशन नभएसम्म विद्यार्थी भर्नासम्बन्धी कुनैपनि प्रक्रिया नगर्नुहुन सूचित गरिन्छ ।’
टिप्पणीहरू