विनोद चौधरीको ‘सेक्सी’ उखानमा महिला सांसदहरुको आपत्ति

डलर अर्बपति तथा काँग्रेस सांसद विनोद चौधरीको भनाइप्रति महिला सांसदहरुले आपत्ति जनाएका छन् । संसदीय मर्यादाविपरित चौधरीले बैठकमा महिलाहरुमाथि लाञ्छना लगाउँदै उखान हालेका थिए ।

उनले बजेटमाथिको छलफलमा भाग लिँदै आपत्तिजनक अर्थको उखान हालेका हुन् । सरकारले बेलैमा तदारुकता नदेखाएको सन्दर्भमा उनले ‘जब पर्यो राती तब...ताती’ भन्ने उखान हालेका थिए । सांसदको लोगो भिरेर सँधै विदेशको आम्दानी विदेशमा मिलाउने काममा खर्च गर्दै आएका चौधरीले संसदीय भाषाको भेउ नपाउनु कुनै अचम्म होइन । 

‘मान्छे तात्ने र सेलाउने विषयलाई दिमागमा लिएर संसदमा जानुलाई उनका पछिल्ला विदेश भ्रमण, आलिशान होटलको बसाई, पैसा र पुरुषार्थको मिश्रणसँग जोडेर हेर्नुपर्ने हुन्छ ।’

उनी नेपालमा रहेको बेला पनि संसद बैठकमा आक्कलझुक्कल मात्र उपस्थित हुने भएकाले संसदीय भाषा नजानेका हुन सक्छन् । उनले व्यक्त गरेको उक्त उखानमाथि महिला सांसदहरुले आपत्ति जनाएपछि सभामुख देवराज घिमिरेले चौधरीले व्यक्त गरेको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देश दिनुभएको छ । 

किसानले समयमै मल पाउन नसकेको सन्दर्भमा उनले रोपाईंको बेलामा मात्रै मल आयातको सन्दर्भ उठाउने गरेको बताउँदै उक्त उखान हालेका थिए ।

चौधरीको सेक्सी उखानबारे सामाजिक मनोेबेत्ताहरुको छुट्टै विश्लेषण छ । उनी संसदीय बैठकमा त्यो शब्द उठाउन हुने वा नहुने भन्ने विषयमा अनभिज्ञ हुनु एउटा पक्ष रह्यो । अर्को भने कुन बेला को तात्छन् र सेलाउँछन् भन्ने विषय उनले दिमागमा लिनुलाई बेग्लै ढंगले विश्लेषण गर्नुपर्ने बताइन्छ ।  एक जना मनोबेत्ता भन्छन्, ‘मान्छे तात्ने र सेलाउने विषयलाई दिमागमा लिएर संसदमा जानुलाई उनका पछिल्ला विदेश भ्रमण, आलिशान होटलको बसाई, पैसा र पुरुषार्थको मिश्रणसँग जोडेर हेर्नुपर्ने हुन्छ ।’

टिप्पणीहरू