आज मार्सीहरु सभागृहमा जुटे

आज मार्सीहरु सभागृहमा जुटे

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को नाममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई गद्दीमा फर्काउने अभियान चलाइरहेका मेडिकल बिचौलिया दुर्गा प्रसाईं उर्फ मार्सीको टोलीले काठमाडौँमा राष्ट्रवादी एकतासभा गरेको छ । 

आज दिउँसो प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरिएको हो । महाअभियानका संयोजक मार्सीको अध्यक्षतामा भएको सो कार्यक्रममा महाअभियन्ता भनिने अच्चुत संग्रौला, हाँस्य कलाकार राजाराम पौडेललगायत सहभागी थिए ।

बैंक तथा वित्तीय संस्थाबाट लिइएको करोडौँ ऋण मिनाहा गरिनुपर्ने माग गर्दै ‘ऋणमोचन’ अभियानसमेत चलाइरहेको यो समूहले पूर्वराजा ज्ञानेन्द्रको पक्षमा देशव्यापी माहौल बनाइरहेको छ । राजा फर्किए देशमा कायापलट हुने उनीहरुको तर्क छ ।
 

टिप्पणीहरू