विदेश गैरहने एमाले सांसद तथा परिवार दलका अध्यक्ष फेरि उडे
हप्तामा दुई पटकसम्म विदेश आउजाउ गरिरहने एमाले सांसद तथा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल आज बैंकक उडेका छन् ।
आज दिउँसो थाइस्माईल एयरबाट उनी थाइल्याण्डको राजधानी बैंकक गएका हुन् । थाईस्माइल एयरलाइन्सको उडान नम्बर डब्लुइ ३२० मा सांसद ढकाल दिउँसो साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंकक प्रस्थान गरेको बताइएको छ ।
होलिवाइन उपनामले समेत प्रख्यात ढकाल परिवार दलका अध्यक्ष हुँदाहुँदै एमालेमा पोलिटब्यूरो सदस्यसमेत छन् । फिलिपिन्स ससुराली भएका उनको हङकङ, मलेसिया, कोरिया, अष्ट्रेलियातिरको आउजाउ पानीपँधेरो जस्तै छ ।
केही हप्ताअघि ढकाल सिओलबाट राति १० बजे नेपाल फर्केर साढे १२ बजे सोही विमानमा हङकङ हुँदै कोरिया गएका थिए ।
टिप्पणीहरू