एकथरी दिल्ली पुगे, अर्काथरी कलकत्ता उडे

एकथरी दिल्ली पुगे, अर्काथरी कलकत्ता उडे

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली गएका छन् । अध्यक्ष ठाकुर आज दिउँसो सवा २ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आर ए २१७ मा काठमाडौंबाट प्रस्थान गरेका हुन् ।

आजै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कलकता गएको बताइएको छ । मन्त्रालयका अनुसार कलकत्तामा हुन लागेको बिमस्टेक बिजनेस कन्क्लेभमा सहभागी हुन दिउँसो साढे २ बजे एअर इण्डियामा मन्त्रीसहित चार जनाको टोली गएको हो । 

टोलीमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्टसमेत छन् ।

टिप्पणीहरू