शीतल निवासमा पाकिस्तानी र कोरियाली दूतलाई स्वागत

शीतल निवासमा पाकिस्तानी र कोरियाली दूतलाई स्वागत

राष्ट्रपति कार्यालय शीतल निवासमा आज विशेष समारोहवीच नेपालका लागि पाकिस्तान र कोरियाका राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । 

पाकिस्तानी राजदूत अब्रार हास्मी दुई महिनाअगाडि गत अप्रिल १० मा पदीय जिम्मेवारी सम्हाल्न अमेरिकाकाको कार्यकाल सकेर काठमाडौं आउनुभएको थियो । 

आजै नेपालका लागि दक्षिण कोरियाली राजदूतले पनि ओहोदाको प्रमाणपत्र पेश गर्ने कार्यक्रम छ । ताएयोंग पार्कलाई राष्ट्रपति युन सुक योकले जेठ २५ गते राजदूत नियुक्त गर्नुभएको थियो ।

टिप्पणीहरू