काङ्ग्रेसको नेताले अर्काको श्रीमती उडाएपछि
कैलालीको धनगढीमा एक काङ्ग्रेस नेताले अर्काकी श्रीमती लगेर फरार भएका छन् ।
नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट २०७९ मंसिरमा भएको चुनावमा उम्मेदवार भएका दीपकराज खैर चार छोराछोरीसहित श्रीमतीलाई छोडेर अर्कैकी श्रीमती लगेर फरार भएका हुन् ।
२०७९ मंसिरमा भएको चुनावमा नेपाली कांग्रेश (विपी) बाट कैलाली क्षेत्र नम्बर ५ को (२) बाट उम्मेदवार भएका खैरले दैलेख निवासी विवाहित महिला गङ्गा क्षेत्रीलाई भगाएर भारतको बैंगलोर लगेको बताइएको छ।
श्रीमानले अर्कैकी श्रीमती भगाएर लगेपछि आफूसहितका चार सन्तानको बिचल्ली भएको उनको श्रीमतीको गुनासो छ। उनकी श्रीमती जानकी खैरले कैलाली जिल्ला अदालतमा श्रीमान विरुद्ध बहुविवाहको मुद्दा दायर गरेकी छिन्।यसअघि सुदुरपश्चिम प्रदेशसभामा कम्प्युटर अपरेटर पदमा कार्यरत खैरले प्रदेश सभाको अधिकृत रहेको नक्कली परिचयपत्र बनाएर धेरै युवतिलाई जालमा पार्ने गरेको खुलेको छ।
उनले त्यो परिचय पत्र देखाएर महिला तथा युवतीहरूलाई झुक्याउने गरेको बताइएको छ। उनी हाल भारतमा रहेको बताइन्छ । गोप्य स्रोतको अनुसार उनले अश्लील भिडियो खिचेर आफन्तलाई पठाउने र अनावश्यक दुःख दिने समेत गरेको पाइएको छ।
दैलेख घर भएकी गङ्गा क्षेत्री दुई सन्तान छोडेर खैरसँग भागेको स्थानीय जानकी खैरको भनाई छ।जिल्ला प्रहरी कार्यालय कैलालीमा खैर विरुद्ध यसअघि पनि मुद्दा परेको बताइएको छ ।
टिप्पणीहरू