नेपाल वायु सेवाको ‘लुम्बिनी’ विमान गौतम बुद्ध विमानस्थलमा

नेपाल वायु सेवाको ‘लुम्बिनी’ विमान गौतम बुद्ध विमानस्थलमा फोटो स्रोत : दिपु ज्वारचनको फेसबुक ।

नेपाल वायुसेवा निगमले पहिलो पटक राजधानी बाहिरको अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यवसायिक उडान थालेको छ ।

मलेसियाको क्वालालम्पुरबाट उडेको निगमको विमान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । निगमको न्यारोबडी विमान आज बिहान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

अबदेखि निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्म साताको एउटा उडान थालेको छ ।

 

टिप्पणीहरू