पशुपतिका हाकिमले १० किलो सुनबारे रुँदै भने : राष्ट्रपति र प्रधानमन्त्रीको निर्देशन मान्दा दु:ख पाइयो
पशुपतिनाथ मन्दिर भित्रको शिवलिंगमा चढाइएको सुनको जलहरी काण्डमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुुमार थापाले उक्त कार्य तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको बताएका छन् ।
आज राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा स्पष्टिकरण दिँदै थापाले भने,‘तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिवरात्रीभरमा उक्त कार्य सकाउन निर्देशन भयो । सोहीअनुसार काम सम्पन्न गरिएको हो ।’
नेपाली सेनाको २४ घण्टे ड्युटीमा उक्त जलहरी तयार भयो । ती भिडियोहरू अहिले पनि यदाकदा अनलाइनमा आइरहेको छ । हामीले सेनालाई विश्वास गर्ने कि नगर्ने ?
उनले जलहरीमा १० केजी सुन नपुगे आफूलाई मृत्युदण्ड दिए हुने भन्दै आँशु झारेका थिए । आँखा रातो बनाउँदै थापाले सुनको जलहरी चढाउन बनाइएको समितिको संयोजक आफू भएकाले सांसदहरुलाई विश्वास गर्न आग्रह गरेका छन् ।
उनले अगाडि भने, ‘नेपाल राष्ट्र बैंकसँगको सम्झौताअनुसार एक सय तीन केजी सुन ल्यायौं । नेपाली सेनाको २४ घण्टे ड्युटीमा उक्त जलहरी तयार भयो । ती भिडियोहरू अहिले पनि यदाकदा अनलाइनमा आइरहेको छ । हामीले सेनालाई विश्वास गर्ने कि नगर्ने ?’
टिप्पणीहरू