हेडसरसहित ८० वर्षीय वृद्धले नाबालिकालाई सामुहिक बलात्कार गरेको ठहर

हेडसरसहित ८० वर्षीय वृद्धले नाबालिकालाई सामुहिक बलात्कार गरेको ठहर

ओखलढुंगा जिल्ला अदालतले नाबालिका बलात्कारमा दोषी ठहर गर्दै ८० वर्षीय वृद्धसहित चारजनालाई १८ वर्षको कैद सजाय फैसला सुनाएको छ । 

आज जिल्ला अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले जबरजस्ती करणीको कसुरमा सिद्धिचरण नगरपालिका–३, नारायणथान माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद फुयाल, ८० वर्षीय फडिन्द्रप्रसाद दाहाल, डम्बरबहादुर भुजेल र केवल भुजेललाई १८ वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

अदालतले सबैभन्दा बढी प्राध्यानाध्यक फुयाललाई १ लाख ५० हजार क्षतिपूर्ति र अन्य तीन जनालाई ५० हजार रुपैयाँको दरले क्षतिपूर्ति तिर्न आनेश दिएको छ भने छ लाखको दरले जरिवाना गरिएको छ । 

१२ वर्षीया नाबालिकालाई फरक–फरक स्थान र समयमा जबर्जस्ती करणी गरेको अभियोगमा गत असार २३ गते मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको आज अन्तिम फैसला भएको हो ।

टिप्पणीहरू