नेकपा एसका उपसचिवद्वारा पार्टी परित्याग
नेकपा एकीकृत समाजवादी पार्टी, भोजपुरका उपसचिव ईश्वरकुमार कार्कीले पार्टी छोडेका छन् । उनले साधारण सदस्यसमेत नरहने गरी उपसचिव पदबाट राजीनामा दिएका हुन् ।
जिल्ला अध्यक्षसमक्ष राजीनामा पत्र बुझाउँदै उनले आफ्नो खुशीले पार्टी परित्याग गरेको उल्लेख गरेका छन् ।
पत्रमा भनिएको छ, ‘नेकपा एकीकृत समाजवादी पार्टीको उपसचिवको जिम्मेवारीमा रही कामकाज गर्दै आएको र आज २०८०–०२–३१ गतेका दिनबाट म सबै जिम्मेवारी र साधारण सदस्यबाट समेत नरहने गरी मेरो राजीखुसीले राजीनामा दिएको छु ।’
टिप्पणीहरू