बिजुलीकाे लत्रेको तार उठाउन खोज्ने दुई जनाको देहान्त
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ८, गोठडाँडामा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ । मकवानपुर प्रहरीका अनुसार आज दिउँसोको उक्त दुर्घटनामा स्थानीय ६० वर्षे खर्कबहादुर थिङ र ५० वर्षे पूर्णबहादुर लोको ज्यान गएको हो ।
छिमेकी जीतबहादुर बम्जनको मकैबारीमा लत्रिएको बिजुलीको तार व्यवस्थापन गर्न थिङ र लो पोल गाड्न खाडल खनिरहेका थिए । फलामे खन्तीले खाडल खनिरहेका दुबै जनालाई अकस्मात करेन्ट लागेपछि घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
टिप्पणीहरू