भक्तपुर क्याम्पसमा नेविसंघको कालो ब्यानर

भक्तपुर क्याम्पसमा नेविसंघको कालो ब्यानर

वरिष्ठलाई हटाएर कनिष्ठलाई क्याम्पस प्रमुख बनाएको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेविसंघले भक्तपुर क्याम्पस हाताभित्र कालो ब्यानर टाँगेको छ । 

क्याम्पस प्रमुख नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएको नेविसंघका कार्यकर्ताले आज बिहान क्याम्पस परिसरमा कालो ब्यानर टाँगेका हुन् । भक्तपुर क्याम्पस इकाईका सचिव दिप गिरीको नेतृत्वमा झण्डै दर्जनको संख्यामा कालो ब्यानर टाँस्न पुगेका कांग्रेसी विद्यार्थीहरुले तीन बुँदे माग राखेका छन् । 

क्याम्पस प्रमुख सुर्दशना शाक्यलाई अपमानजनक व्यवहार गरी कनिष्ठ शिक्षकलाई प्रमुख बनाएको विषयमा यसअघि पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएको नेविसंघको आरोप छ । 

नेविसंघले टाँगेको ब्यानरमा ‘वरिष्ठताको आधारमा नियुक्ति भएका क्याम्पस प्रमुखलाई पुनः बहाली गर’,‘कनिष्ठ क्याम्पस प्रमुख राजीनामा दे’,‘वरिष्ठतालाई हटाएर कनिष्ठलाई नियुक्ति गर्न पाँइदैन्’, लगायतका माग उल्लेख छ ।

टिप्पणीहरू