शीतल निवासमा शपथ ग्रहणकाे तयारी

शीतल निवासमा शपथ ग्रहणकाे  तयारी

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा अनुमोदित कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको शपथ ग्रहण हुन लागेको छ । उहाँलाई आज बिहान बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।

प्रधानन्यायाधीशमा अनुमोदित कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अहिले सवा ५ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्न लाग्नुभएको हो । उहाँले हिजो कार्ययोजना र आज आफूविरुद्ध उठेका जिज्ञासाको जवाफ दिएपछि समितिले प्रधानन्यायाधीशमा अनुमोदन गरेको जानकारी गराएको थियो ।

टिप्पणीहरू