पेरिस डाँडामा ‘ग्रेटर नेपाल’, अभियन्ता टोली भक्तपुरतिर
विशाल नेपाल महाअभियानले सत्तारुढ दल नेकपा माओवादीलाई ‘ग्रेटर नेपाल’ को नक्सा बुझाएको छ ।
आज अपरान्ह माओवादी मुख्यालय पेरिसडाँडा पुगेर महाअभियानका संयोजक सुरेन्द्र ढकालको नेतृत्वको टोलीले उपाध्यक्ष पम्फा भुसाललाई नक्सासहित ज्ञापनपत्र बुझाएको हो ।
माओवादी कार्यालयमा नक्सा हस्तान्तरण गरेलगत्तै टोली भक्तपुरस्थित नेमकिपाको कार्यालयतर्फ निस्किएको छ । नेमकिपालाई पनि नक्सा र ज्ञापनपत्र बुझाउन उनीहरु त्यता लागेका हुन् ।
टिप्पणीहरू