पोखरामा चिनियाँ विमानले पहिलो अन्तर्राष्ट्रिय उडान भर्दै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुआन एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । उक्त कम्पनीले आगामी बुधबार चार्टर उडान गर्ने निश्चित भएको बताइएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण र सिचुआन एयरलाइन्सबीच भएको सम्झौतापछि पहिलो अन्तर्राष्ट्रिय उडान मिति तय भएको हो । सिचुआन एयरलाइन्सलाई असार ६ गते चार्टर्र उडानका लागि अनुमति दिइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल गत जनवरी १ तारिखका दिन उद्घाटन गरिएपछि औपचारिक सञ्चालनमा आएको हो । त्यसयता आन्तरिक उडान मात्रै हुँदै आएको छ ।
टिप्पणीहरू