विद्यालयका कर्मचारीहरुको आन्दोलन स्थगित

विद्यालयका कर्मचारीहरुको आन्दोलन स्थगित

सामुदायिक विद्यालयका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । सरकारले वार्तामा आउन आह्वान गरेपछि उनीहरुले आन्दोलनका कार्यक्रम तत्काका लागि रोकेका हुन् । 

आज संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी युुनियन, नेपाल सामुदायिक विद्यालय कर्मचारी संघ र नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनको कार्यक्रम फिर्ता लिएको जानकारी दिएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ता टोली गठन गरेर संवादको वातावरण बनाउन आग्रह गरेकोले तत्कालका लागि आन्दोलन स्थगन गरिएको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, वार्ताको माध्यमबाट आन्दोलनमा राखिएका आफ्ना मागहरु सम्बोधन गर्न सरकार गम्भिर नदेखिएमा, सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षमा भएका÷गरिएका सहमति पूर्ण कार्यान्वयनमा ल्याएमा पुनः आन्दोलनका कार्यक्रम अगाडि बढाउने उनीहरुको चेतावनी छ । 

‘नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गरी संवादको वातावरण निर्माण गर्दै वार्तामा आउन आह्वान गरिएको र आम जनभावनाको उच्च कदर गर्दै विद्यालय बन्दको कार्यक्रम तत्कालका लागि स्थगन गरिएको जानकारी गराउनुका साथै वार्ताको माध्यमबाट आन्दोलन राखिएका मागहरु सम्बोधन नभएमा, सरकार गम्भिर नदेखिएमा सर्वोच्च अदालतको फैसला कार्यान्वयन नगरेमा, विगत वर्षहरुमा भएका÷गरिएका सहमति र सम्झौताहरु २०७९ भद्रौ १९ गतेको मन्त्रीस्तरीय निर्णय फेरि पनि सरकार पक्षबाट उधारो र आन्दोलन मथ्थर गर्ने कार्यमा सरकार उन्मुद नभई सर्भिस ल पूर्ण कार्यान्वयन गर्न जोडदार माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा स्थगन गरिएका आन्दोलनका कार्यक्रम पुनः अगाडि बढाइने जानकारी गराउँदछौं ।’
 

टिप्पणीहरू