काठमाडौं महानगरको निर्णयपछि दोलखामा यातायात ठप्प
दुई वटा यातायात सेवाबीच बढेको विवादका कारण दोलखामा सार्वजनिक यातायात प्रभावित भएको छ । पूर्वअरनिको र रोल्वालिङ यातायातबीचको विवाद बढेपछि दोलखामा सार्वजनिक यातायात ठप्प भएको बताइन्छ ।
काठमाडौं महानगरपालिकाले अबदेखि नयाँ बसपार्कबाट मात्र बससेवा सञ्चालन गर्नुपर्ने बताएपछि रोल्वालिङ यातायातले सेवा सञ्चालन गर्ने र पूर्वअरनिको यातायातले नयाँ बसपार्कबाट यातायात सञ्चालन नगर्ने निर्णय गरेपछि आज दोलखामा सवारीका साधन सञ्चालनमा आउन नसकेको हो ।
दुवै यातायात व्यवसायी र मजदुरहरु एक अर्काको प्रतिकार गर्दै आन्दोलनमा उत्रेपछि अवस्था तनावपूर्ण भएको बताइन्छ । सदरमुकाम चरिकोटमा सम्भावित भीडन्त रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
टिप्पणीहरू